डिजिटल मार्केटिङ कार्यशाला

डिजिटल मार्केटिङ कार्यशाला

सूचना प्रबिधिले व्यापार प्रबर्दन, सुचना सम्प्रेषण किनबेच आदि जस्ता प्रबिधिको विभिन्न क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाइसकेको छ । आफ्नै वेबसाइट, ब्लग, अनि विभिन्न सामाजिक संजालमा आफ्नो संस्थालाई प्रोफाइलिङ गर्नु अनिवार्य जस्तै नै भएको छ । खुल्ला संजालले गर्दा डिजिटल प्रबिधि पनि अहिलेको अहम् बिषयबस्तु बनिसकेको छ । यसको अतिरिक्त, डिजिटल मार्केटिङको यो प्रकृति विज्ञापनको सबैभन्दा लाभदायक स्रोत मानिन्छ ।

हरेक संस्था, स्कुल, कलेज, ब्यापार, व्यवसाय, उत्पादन आदि जस्ता सेवामुखी वा नाफामुखी वा भनौं व्यक्ति बिशेषलाई पनि डिजिटल माध्यममा आफ्नो पहिचान बनाउनु पर्ने हुन्छ । सजिलैसंग बस्तु, सेवा, उत्पादन आदि बारे जानकारी दिनको लागि डिजिटल मार्केटिंग गर्न जानकार व्यक्तिको खोजीमा संस्था र व्यक्तिहरु हुन्छन भने कृषि क्षेत्र संग सम्बन्धित वा कृषि क्षेत्रको सबै कुरा थाहा भएर पनि डिजिटल मिडिया सम्बन्धि जानकारी नभएका वा जानकारी लिन खोज्नेहरुका लागि “डिजिटल मार्केटिङ” नामक यो तालिम “आफ्नो उत्पादनलाई बजार व्यवस्थापन” गर्नका लागि एउटा सजिलो माध्यम बन्नेछ ।

image.png

लक्ष्य :

डेरी, अलैची, तरकारी र मकै प्रशोधक साना र मझौला उद्यमीहरुका लागि डिजिटल मार्केटिङको उपयोग गरी बजार व्यस्थापन गर्ने, सजिलैसंग बजार बिस्तार गर्ने अनि डिजिटल प्रविधिको प्रयोग गरी उत्पादनलाई उचित बजार बनाउने लक्ष्य रहेको छ । साथै अन्य सफ्टवेयर सम्बन्धि जानकारी, पछिल्लो समयमा डिजिटल मार्केटिङमा भएको परिवर्तन सम्बन्धि ज्ञान तथा सिप प्रदान गरि स्तरोन्नती गराउनु हो ।

तालिम अवधि :

तालिमको कुल समय अवधि ६ घन्टाको हुनेछ । तालिमको कुल समय ६ घण्टा मध्ये सैद्धान्तिक तथा प्रयोगात्मक समयका लागि ४० प्रतिशत र ६० प्रतिशत सुनिश्चित गरी तालिम संचालन गरिनेछ ।

छनौट प्रकिया :

डेरी, अलैची, तरकारी र मकै प्रशोधक साना र मझौला उद्यमीहरुलाई तालिममा समावेश हुनको लागि फेसबुक, रेडियो अनि सम्बन्धित जिल्लाहरुका घरेलु तथा साना उद्योग कार्यालय प्रदेश नम्बर १ कूषि मन्त्रालय, कम्पुटर एसोसिएसन प्रदेश नम्बर १, दुग्ध बिकाश संस्थान, नेपाल डेरी एसोसियसन प्रदेश न १ ईकाई, उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को कार्यालय, महिला संजाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश न १ ईकाई, नेपाल महिला उद्यमी संघ, महिला उद्यमी महासंघ नेपाल (FWEAN), नेपाल महिला उद्यमी संघ, दलित महिला संघ (FEDO) कृषि बजारका प्रशोधक समेतलाई पत्रचार गरी उक्त कार्यक्रमको बारेमा सम्बन्धित प्रशोधकहरुलाई आफ्नो-आफ्नो सञ्जाल मार्फत कार्यक्रममा सहभागी हुनको लागि आह्वान गरिनेछ ।

फर्म भर्ने लिङ्क : bit.ly/sriyogsme

प्रशिक्षार्थी संख्या :

इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुर जिल्लामा गरी “एक दिने” डिजिटल मार्केटिङ तालिममा प्रत्येक जिल्ला बाट २५/२५ जना गरी, अलैची, तरकारी र मकै प्रशोधन साना तथा मझौला उद्योगहरुको सहभागिता रहनेछ, जसमा उत्पादन अनुशार उद्यमी छनोट गरी तालिममा समावेश गरिनेछ ।

तालिम दिने हल उपलब्ध सुबिधाहरुको आधारमा तालिममा प्रशिक्षार्थीहरुको संख्या जम्मा २५ जना मात्र हुनेछ तर छनोट गरिएका २५ जना देखि बाहेक ५ जना अन्य उद्यमीहरुलाई पनि तालिममा सहभागी हुन मौका दिन सकिनेछ ।

प्रशिक्षार्थी उपस्थिति :

तालिम अवधिभर प्रशिक्षार्थीहरुको उपस्थिति पुरा तालिम अवधी भर हुनुपर्दछ । अन्यथा प्रशिक्षार्थीहरुले तालिम लिएको प्रमाण-पत्र पाउन योग्य हुनेछैनन् ।

तालिममा प्रवेशको आधारहरु :

:: न्युनतम १८ वर्ष उमेर पुरा भएको :: अनिवार्य रुपमा डेरी, अलैची,तरकारी र मकै प्रशोधक :: नेपाली नागरिक :: दलित तथा पिछडिएका वर्गहरु :: महिला प्रशोधकहरु :: नेपाल सरकारद्वारा अनुमति प्राप्त वा अनुमति लिन योग्य प्रशोधक

प्रशिक्षकको न्युनतम योग्यता :

डिजिटल मिडिया मार्केटिङमा कम्तिमा ३ वर्षको अनुभव प्राप्त र सोही क्षेत्रमा काम गर्दै गरेको अनुभवी व्यक्ति

प्रमाण-पत्र :

यो तालिम सफलापुर्वक सम्पन्न गर्ने प्रशिक्षार्थीहरुलाई सम्बन्धित तालिममा सहभागी भएको डिजिटल मार्केटिङको प्रमाण-पत्र प्रदान गर्नेछ ।

तालिम पश्चातको व्यवस्था :

सहभागी प्रशोधकहरुको फेसबुक पेज बनाइदिने, उत्पादनहरुलाई फेसबुक मार्फत प्रवर्द्धन गर्ने कार्य समेत समावेश गरिएको छ ।

कार्यक्रम संचालन गरिने स्थान र मितिहरू

image.png

कार्यक्रम बारे बिस्तृत जानकारी ९८५११-३७०६८ वा ९८५२०-२४३६५ मा समेत लिन सकिनेछ ।